'लाटी'पछि कान्छा निर्माताको 'सुर्या- द पावर' ।

mukesh_dhakal_surya_the power [dropcap]का[/dropcap]न्छा निर्माताको रुपमा चिनिएका शिशिर जय खरेलको फिल्म ‘लाटी’ प्रदर्शनको तयारीमा छ । तर पहिलो फिल्म प्रदर्शन नहुदै यी कान्छा निर्माताले अर्को फिल्म निर्माणको तयारी थालेका छन ।
उनी आफ्नो दोस्रो फिल्मको रुपमा ‘सुर्या द पावर’ निर्माणको तयारीमा जुटेका हुन । बिशुद्ध समाजिक कथाबस्तु रहने फिल्मको छयांकन आउदो माघ ९ गतेबाट थालिने शिशिरले बताए । फिल्मलाई लक्की बिदुरले निर्देशन गर्दैछन ।
शिशिर कार्यकारी निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता गणेश केसी हुन भने निर्मला केसी निर्मात्री हुन । फिल्ममा मुकेश ढकाल, सुजाता केसी, मिथुन हमाल, सुरबीर पण्डित, नेत्र बिष्ट लगायतको अभिनय रहनेछ । फिल्मका गीतहरुमा नरहरी प्रेमीको सँगीत रहेको छ भने स्वरुपराज आचार्यको स्वर रहेको छ ।
शिशिरले फिल्म ‘लाटी’लाई सम्भवत फाल्गुनमा रिलिज गर्ने लक्ष्य लिएका छन । नारी बेदना र समाजिक कथा समेटिएको ‘लाटी’लाई दर्शकले रुचाउनेमा उनी ढुक्क छन । राजबहादुर साने निर्देशित लाटीमा सबिना कार्की, जिके शर्मा, रिभल मल्ल, नेत्र बिष्ट, सुजल नेपाल लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

नायिका आयुषा राईलाई निर्देशकको सेक्स प्रस्ताव ।

Read Next

सचिन तेन्दुलकर पहिलोपटक फिल्ममा ।