रिलिज अघि “आभाष “ को स्याड गीत सार्वजनिक (भिडियो सहित )

भोलि शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र “आभाष “ नया गीत सार्वजनिक गरिएको छ ।चलचित्र रिलिजको एक दिन अघि सार्वजनिक गरिएको “यो जीवन “बोलको स्याड गीतलाई कमल खत्रीले स्वर दिएका छन् भने शब्द तथा संगीत सुजेन्द्र डी.कार्कीको रहेको छ ।
sayam puriविशेष गरेर टिनेजका युवायुवतीलाई लक्षित गरेर बनाईएको चलचित्र ‘आभाष”लाई बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।फिल्ममा निशा अधिकारी,संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ, सुनिल रावल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध तथा निर्देशक सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चरर्सको प्रस्तुतीमा निर्माण भएको चलचित्र “आभाष”लाई गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

सचिन तेन्दुलकर पहिलोपटक फिल्ममा ।

Read Next

फ्राइडे रिलिज : ‘तथास्तु’ “आभाष “ र "अलविदा"