फ्राइडे रिलिज : ‘तथास्तु’ “आभाष “ र "अलविदा"

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘तथास्तु’ “आभाष “ र “अलविदा” रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला । हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘तथास्तु’ “आभाष “ र “अलविदा” ’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )
‘तथास्तु
tatastu1 फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘तथास्तु’  प्रदर्शनमा आएको छ ।चलचित्र ‘तथास्तु’लाई सफल निर्देशक सविर श्रेष्ठले निर्माण तथा निर्देशन गरेका हुन् । अभिनेत्री रेखा थापालाई एक्शन अबतारमा प्रस्तुत गरिएको चलचित्र ‘तथास्तु’ नारी द्वन्द्वप्रधान चलचित्र हो ।चलचित्र ‘तथास्तु’ रेखाको अलाबा किशोर खतिवडा, सुवास थापा,विज्ञान जोशी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।चलचित्र “तथास्तु’मा रोशन श्रेष्ठको द्धन्द्ध ,रामजी लामिछाने,कमल राई र कविराज गहतराजको नृत्य,बसन्त सापकोटाको संगीत रहने चलचित्र “तथास्तु’मा छायांकन बाबु श्रेष्ठ र स्क्रिप्ट जगदिश्वेर थापाको रहेको छ । चलचित्रलाई रामहरि धितालले निर्माण गरेका हुन् ।चलचित्र ‘तथास्तु’ को गीत संगीतलाई अहिले बजारमा खुब रुचाईको छ ।

“आभाष “
aavash-in3तेस्तै फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार बाट देशका प्रमुख सिनेमा घरमा नेपाली कथानक चलचित्र “आभाष “ पनि रिलिज भएको छ ।चलचित्र नेपालका ६५ वटा हलहरुमा प्रदर्शन हुने चलचित्रका निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् ।विशेष गरेर टिनेजका युवायुवतीलाई लक्षित गरेर बनाईएको चलचित्र ‘आभाष”लाई बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चरर्सको प्रस्तुतीमा निर्माण भएको चलचित्र “आभाष”लाई गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले निर्माण गरेका हुन् ।चलचित्र सम्पादन क्षेत्रमा आफुलाई राम्रो परिचय बनाउन सफल सुरेन्द्र पौडेलले चलचित्रलाई निर्देशन गरेका हुन् ।चलचित्रमा निशा अधिकारी,संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ, सुनिल रावल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध तथा निर्देशक सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

अलविदा”
alvidaतेस्तै फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार बाट देशका प्रमुख सिनेमा घरमा नेपाली कथानक चलचित्र ‘अलबिदा’प्रदर्शनमा आएको छ ।भिन्न सामाजिक संस्कार र परम्परा भएका तीन पात्र र उनिहरु बीचको त्रिकोणात्मक प्रेमकथालाई उठान गरि निर्माण गरिएको चलचित्र ‘अलबिदा’लाई लक्ष्मण रिजालको निर्देशन गरेका हुन् ।चलचित्रमा आर्यन सिग्देल, अनिता आचार्य, नागेन्द्र रिजालको साथमा स्वयम निर्माता खानले पनि प्रमुख भुमिका निभाएका छन ।एचआरके फिल्मस्को ब्यानरमाहसन खानले निर्माण रहेको चलचित्र ‘अलबिदा’ मा केशव घिमिरेले समेत लगानी गरेका छन् ।चलचित्रमा रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा, ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

रिलिज अघि “आभाष “ को स्याड गीत सार्वजनिक (भिडियो सहित )

Read Next

‘ टाईगर द रियल हिरो’को"मापसेले मार्यो'गीत सार्वजनिक (भिडियो सहित )