गायक बन्न चाहनेहरुका लागी निर्देशक बिकास आचार्यको अनुरोध : 'गीत गाएर युटुबमा राख्नुहोस' ।

फाल्गुन १३ ।

चलचित्र नाइ नभन्नु ल २ यतिबेला निकै चर्चामा रहेको छ । केहि साताअघि सार्वजनिक गरिएका फिल्मको गीत र टेलरलाई दर्शकले रुचाइएपछि फिल्मको ब्यापार समेत राम्रो हुनेमा निर्माण युनिट ढुक्क छन ।nai-nabhannu-la-2-trailer-640x360 (1)फिल्मको ए आंखामा तिमी छौ भन्ने गीत दर्शकहरुमाझ लोकप्रिय बनेपछि फिल्मका निर्देशक बिकास आचार्यले गीत गाउन सक्ने नवप्रतिभाहरुलाई एउटा बिशेष अवसर दिने भएको छ । फिल्मको सार्वजनिक गरिएको गीत ए आंखामा तिमी छौ लाई गाएर फेसबुक वा युटुबमा अपलोड गर्न बिकासले गायक बन्न चाहने नवप्रतिभाहरुलाई आग्रह गरेका छन । फेसबुक स्टाटसमार्फत उनले यस्तो आग्रह गरेका हुन ।New Pictureयस गीतको ओरिजिनल गायक प्रेम परियारलाई पनि युटुब बाटै भेटाएको बताउदै बिकासले उत्कृष्ट प्रतिभा भएकालाई नाइ नभन्नु ल २ कै सिक्वेल फिल्म नाइ नभन्नु ल ३ मा गीत गाउने अवसर दिइने बताएका छन । उनका अनुसार गायक प्रेम परियारलाई युटुबमा देखेर नै आफु प्रभावित भएको र गीत गाउने अवसर दिइएका हो । गीतमा बसन्त सापकोटाको संगीत रहेको छ ।अगामी चैत्र २८ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको फिल्म नाइ नभन्नु ल २ लाई दिनेश पोखरेल र बिकास आचार्यले निर्माण गरेका हुन । बिकास आचार्यकै निर्देशन रहेको फिल्ममा जीवन लुइटेल, सरोज खनाल, प्रियंका कार्की, सुरजसिह ठकुरी, सिताराम कट्टेल लगायत अनुभव रेग्मी र सुज्ञानी भट्टराईको पनि मुख्य भुमिका रहेको छ ।

Namaste Filmy

Read Previous

मनिषा कोइरालाको रणवीरलाई भाइ बनाउने चाहना ।

Read Next

चलचित्र मिस नेपाल प्रदर्शन रोक्न खोज्यो हिड्रेन ट्रेजरले । शुभेच्छा भन्छिन : 'के उहाहरु दोस्रो सेन्सर हो र ? '