सहवासदेखि जवानी लिलामको कथा 'मखमली' ।

[dropcap]ना[/dropcap]यिका शुभेच्छा थापाको निर्माण रहने ‘मखमली’को मुख्य कलाकारहरु फाइनल गरिएको छ । फिल्मको मुख्य भुमिकाका लागी शुभेच्छा र अशोक फुयाँलसँगै जीवन गिरी र डा. सिके सिहं फाइनल भएको हो । लामो समयदेखि चिकित्सापेशामा आबद्ध सिके को यो नै रजतपटमा डेब्यु फिल्म हो । makhamali_ck_shuvechha1साधरण गाँउले युवतीको जवानी शहरमा कसरी लिलाम हुन्छ भन्ने बिषय ‘मखमली’ले बोकेको छ । फिल्मको कथाले मागेको उत्तेजक सहावास देखि जवानी लिलामसम्मको दृश्यलाई कलात्मक ढंगले प्रस्तुत गरिने निर्माणपक्षले बताए । निर्मात्री तथा नायिका शुभेच्छा थापाका अनुसार यो समाजको जल्दोबल्दो बिषय हो । उनले फिल्मलाई ओस्कारसम्म पुर्याउने लक्ष्य रहेको सुनाए ।
फिल्म निर्देशनको जिम्मा राजु गिरीले लिएका छन । फिल्ममा अर्जुन पोखरेलको सँगीत रहनेछ । फिल्मका लागी गहन अध्ययन र अनुसन्धान गरिएको र अब छिट्टै छयांकनमा जाने योजना छ । विशेषगरी यौनपेशा मौलाउने रत्नपार्क वरपरलाई फिल्मको प्राइम लोकेशनको रुपमा लिइएको छ ।

Namaste Filmy

Read Previous

हिन्दी फिल्म 'तेवर'मा नेपाली कलाकार ।

Read Next

स्वाभीमानी तिन करोड नेपाली जनता प्रति समर्पित रहेको छ चलचित्र "आगो २" ÷ निर्देशक घिमिरे