निर्माताले हिरोइनको सेक्स भिडियो सार्वजनिक गरेपछि ।

Kanti_shah_filmmakerबलिउडका सी ग्रेड फिल्म निर्माता कान्ति शाहमाथि हिरोइनको सेक्स भिडियो बनाएर सार्वजनिक गरेको आरोप लागेको छ । नाम गोप्य राखिएको उक्त हिरोइनले शाहबिरुद्ध मुम्बईको सांताक्रुज पोलिस स्टेशनमा उजुरी समेत हालेकी छिन ।
हिरोइनले उक्त सेक्स भिडियो आफ्नो साथीमार्फत आफुले भेटाइएको बताइन । उनका अनुसार शाहले फिल्म हान्टेड जंगलका लागी दिएको प्रमोशनल दृश्यलाई सेक्स भिडियो बनाइएको हो । ओरिजिनल दृश्यमा छाँटकाट गरेर सेक्स भिडियो बनाइएको उनले बताइन ।
भिडियो सार्वजनिक भएलगतै आफुलाई कयौ अश्लील म्यासेज तथा फोनहरु आएको हिरोइनले बताइन । यसबाट आफुलाई मानसिक पिडा थपिएको उनको भनाई छ ।
प्रहरीले अनुसन्धान चलिरहेको बताएको छ । तर निर्माता शाहले भने यसलाई गलत आरोप भनेका छन । शाह बलिउडमा विभिन्न हान्टेड तथा एडल्ट फिल्म बनाउने निर्माताको रुपमा चिनिन्छन । उनले निर्माण गरेको फिल्म ओके को पोस्टरले केहि समयअघि तहल्का पिटेको थियो ।

Namaste Filmy

Read Previous

स्वाभीमानी तिन करोड नेपाली जनता प्रति समर्पित रहेको छ चलचित्र "आगो २" ÷ निर्देशक घिमिरे

Read Next

'खोटाबजी'मा 'टाइगर द रियल हिरो' ।