दर्शकले रुचाएको 'अभाष' ।

[dropcap]फि[/dropcap]ल्म दर्शकका लागी बनाइन्छ । दर्शकले रुचाएमा फिल्म हिट र नरुचाएमा फिल्म फ्लप हुने  ध्रुवसत्य तथ्यलाई कसैले नकार्न मिल्दैन । पछिल्लो समय कमै नेपाली फिल्महरुलाई दर्शकले रुचाउने गरेका छन । गत शुक्रबार रिलिज फिल्म ‘अभाष’ पनि दर्शकले रुचाइएको एक फिल्म हो । nisha-salon-and-aasmaफिल्मले छोटो समयमा अत्याधिक दर्शकको साथ पाइरहेको छ । युवापुस्ताको प्रेम र आकर्षणको कथामा केन्द्रित फिल्मको कथा सामन्य लागेपनि प्रस्तुतिका कारण हेर्दा अलग्गै मज्जा आएको फिल्म हेरिसकेका दर्शकहरुको प्रतिक्रिया छ ।
फिल्म सम्पादनमा ख्याति कमाइसकेका निर्देशक सुरेन्द्र पौडेलको कामलाई दर्शकले तारिफ गरेका छन । योसँगै उनी आउँदा दिनमा सफल र अब्बल निर्देशक बन्ने संकेत देखिएको छ ।
फिल्ममा पहिलोपटक काम गरेका नायिका आश्मा डिसीको काम पनि दर्शकले सम्झनयोग्य छन । उनी पनि टेलिभिजनपछि फिल्ममा पक्का स्थापित हुने देखिएको छ ।
त्यसबाहेक संयम पुरी, सलोन बस्नेत, निशा अधिकारी लगायतको भुमिका र अभिनयले दर्शकको मन जितेको छ । उपत्यका र मोफसलमा अधिकांश हलमा दर्शकले फिल्मलाई साथ दिइरहेका छन । जसबाट फिल्मले उच्च ब्यापार हुनेमा फिल्म युनिट ढुक्क छन । माउथ पब्लिसिटीका कारण पनि दर्शक बढ्दै गएको हल सञ्चालकहरु बताउछन ।
फिल्मलाई गोबिन्द शाही, दिपक शाही र पवन श्रेष्ठले निर्माण गरेका हुन । फिल्ममा प्रकृति श्रेष्ठ, सुनिल रावल लगायतको पनि अभिनय छ ।

Namaste Filmy

Read Previous

'नेपालका लागी स्वयंसेवक'मा हिरो हिरोइन ।

Read Next

३ मिनेटका लागी ज्याकलिनले लिइन ७५ लाख ।