३ मिनेटका लागी ज्याकलिनले लिइन ७५ लाख ।

Jacqueline Fernandez9बेलाबेलामा बलिउड सेलेब्रेटीहरुले छोटो प्रस्तुतिको लागी धेरै पारिश्रमिक लिएको खबरले चर्चा पाउने गर्दछ । यसैक्रममा हालै नायिका ज्याकलिन फर्नान्डिजले ३ मिनेटका लागी ७५ लाख पारिश्रमिक लिएको खबर निकै चर्चित भएको छ ।
ज्याकलिनले उत्तर प्रदेशको सैफई महोत्सवमा एक छोटो प्रस्तुतिबापत उक्त रकम लिएकी थिइन । त्यसो त उक्र महोत्सवमा विभिन्न अन्य कलाकार, मन्त्री, भीआइपी अफिसर लगायतले पनि ठुलो रकम लिने गर्दछन । तर ज्याकलिनले ३ मिनेटको लागी ७५ लाख पारिश्रमिक लिनु भने सबैको लागी आश्चर्यको खबर भएको आयोजक सदस्यको भनाई छ।
उक्त महोत्सवमा ऋतिक रोशन, परिणिति चोपडा लगायतका अन्य सेलेब्रेटीले पनि प्रस्तुति दिएका थिए ।

Namaste Filmy

Read Previous

दर्शकले रुचाएको 'अभाष' ।

Read Next

मोफसलमा माघ १ मै 'इच्छा' ।