झिग्राना । गीत गाउनुहोस, १ लाख जित्नुहोस ।

[dropcap][/dropcap]स्पेन्स थ्रीलर फिल्म ‘झिग्राना’ले दर्शकहरुका लागी एक लाख जित्न सकिने अफर ल्याएको छ । फिल्मका निर्देशक पसाङ लामाका अनुसार फिल्मको केहि हदसम्म पब्लिसिटी हुने र विभिन्न ठाँउमा लुकेका प्रतिभालाई प्रोत्साहन पनि मिल्ने भएकाले यस्तो अफर ल्याएको बताए । zhigrana_20x10_wide_poster nach contest_1यसलाई दर्शकहरुले प्रतियोगीताकै रुपमा लिन सक्ने उनको भनाई छ । प्रतियोगितामा सहभागी हुनका लागी फिल्मको कभर गीत ‘नाच न’ लाई सँगीतप्रेमी दर्शकहरु आफैले गाउनुपर्नेछ र आफुले गाएको गीतलाई भिडियो बनाई युटुबमा अपलोड गर्नुपर्नेछ ।
त्यसपछि प्रतियोगिताको अफिसियल पेजमा गएर दिइएको प्रक्रियाअनुसार आफ्नो भिडियो अपलोड र दर्ता गर्नुपर्नेछ । दर्ता भिडियोहरुमध्य सबैभन्दा धेरै भोट प्राप्त गर्ने भिडियो नै प्रतियोगिताको बिजेता बन्नेछ ।
विजेताले रु १ लाख पुरस्कार प्राप्त गर्ने र उक्त पुरस्कार क्यापिटल ग्रिलले प्रायोजन गरेको निर्देशक लामाले बताए । भिडियो माघ २७ गतेसम्म दर्ता गराउनुपर्ने छ । भोटिङ प्रक्रिया माघ २८ बाट सुरु भई फाल्गुन १७ गतेसम्म जारी रहनेछ । सो अवधिमा भिडियोले प्राप्त गर्ने लाइक नै भोट मानिनेछ ।
गोल्डेन याक इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको झिग्राना पासाङ लामाको लेखन निर्देशनमा बनेको फिल्म हो । फिल्ममा मेनुका प्रधान, ज्योति कार्की, शान्ति गिरी अरुण रेग्मी लगायत बिदेशी नागरिक हान्ना जी ले पनि अभिनय गरेका छन । फिल्म फाल्गुन २२ गतेबाट अलनेपाल रिलिज हुनेछ ।

प्रतियोगिताबारे थप जानकारीको लागी यहाँ क्लीक गर्नुहोस ।

Namaste Filmy

Read Previous

'आवेग" डबिङमा

Read Next

सलमानलाई बिदेश जान रोक लगाइयो ?