सलमानलाई बिदेश जान रोक लगाइयो ?

salman 1बलिउड स्टार सलमान खानको कालो हरिण मारेको केस पुन उल्टिएको छ । बुधबार सुप्रिम कोर्टले हाइ कोर्टको फैसला उल्टाउदै सलमानलाई समस्यामा पारेका हुन ।
यसअघि सन २००६ मा अदालतले सलमानलाई हरिणको केशमा दोषी मान्दै ५ बर्ष जेल सजाय सुनाएको थियो । त्यसबखत उनी बिदेश यात्रामा निस्कन समेत भीसा दिइएको थिएन । तर राजस्थान हाइ कोर्टले उक्त फैसला उल्टाउदै उनको सजायमा रोक लगाएको थियो । त्यसपछि सलमानलाई भीसा पनि दिइएको थियो भने उनी स्वतन्त्र बनेका थिए ।
तर बुधबार सुप्रिम कोर्टले हाई कोर्टको फैसला उल्टाउदै पुन सलमानको मुद्धामा छानवीन गर्न आदेश दिएको हो । छानवीनका क्रममा सलमान देश छाडेर बाहिर जान भीसा पनि नदिइने निकट स्रोत बताउछ । सलमान पुन स्वतन्त्र हुनका लागी कोर्टको अर्को फैसला पर्खनुपर्नेछ ।
स्मरण रहोस १९९८ मा एक फिल्म सुटिङको क्रममा सलमान र केहि साथीहरुले एक काले हरिण मारेका थिए । सोहि मुद्धाबाट सलमानले हालसम्म पनि छुटकारा नपाएको हो ।

Namaste Filmy

Read Previous

झिग्राना । गीत गाउनुहोस, १ लाख जित्नुहोस ।

Read Next

'नाईं नभन्नु ल ३'को टाइटल गीत सार्वजनिक ( भिडियो सहित )